काठमाडौँ, असार २४ गते । काठमाडौँको बौद्धस्थित नयाँ बस्तीबाट १ करोड ४४ लाख नेपाली रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। स्रोत नखुलेको नगदसहित पक्राउ पर्ने ती व्यक्ति वाङ जिएन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार वाङ जिएन काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्दै आएका थिए। उक्त कोठामा शंकास्पद आर्थिक कारोबार भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले छापा मारी उनलाई नियन्त्रणमा लिएको हो।
छानबिनका क्रममा प्रहरीले श्रोत खुल्न नसकेको १ करोड ४४ लाख नगद फेला पारेको हो। हाल पक्राउ परेका वाङसँग आर्थिक कारोबारको श्रोत, उद्देश्य र अन्य संलग्न पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई संगठित विदेशी संलग्नता र सम्भावित अवैध कारोबारसँग पनि जोडेर विस्तृत अनुसन्धान अघि बढाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया