असार २३, २०८२ सोमबार July 7, 2025

बेरूत विस्फोटपछि विदेशी श्रमिकको पिडा, स्वदेश फिर्ताका लागि आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: लेबनानको राजधानीमा केही हप्ता पहिले भएको विस्फोटका कारण रोजगारी गुमाएका विदेशी कामदारहरूले आफूहरू छिट्टै स्वदेश फिर्ता हुन आग्रह गरेका छन् ।

लेबनानको आर्थिक सङ्कटको सामना गरिरहेका समय कोरोनाभाइरसको महामारी आएको र महामारीसँग जुधिरहेको समय कहालीलाग्दो विस्फोट भएको सम्झँदै आफू स्वदेश फर्किन चाहेको बताउछिन् इथियोपियाली कामदार तारिक केबेदा । आफ्नो बेरूतस्थित निवास विस्फोटका कारण भत्किएकोे उनी बताउँछिन् ।

सानो घर भित्र उनी चारजना साथीहरूसँग साझेदारी गर्थिन् । तर अहिले उनले आफ्नो कोठालाई पत्रिकाले बारेर बस्नु परेको भन्दै पत्रिकाले बारेको झ्यालतर्फ देखाइन् । अगस्ट ४ को विस्फोटले झ्यालका शिसाहरू फुटेपछि उनले यो अवस्थामा बस्नु परेको हो । त्यो घरमा बस्ने उनीसहित अन्य साथीहरूले महामारीका कारण पहिले नै आफ्नो जागिर गुमाएका थिए । घरेलु कामदार,सुपरमार्केट वा रेस्टुरेन्टहरूमा काम गर्ने तिनीहरूको अब घर पनि जोखिममा छ ।

“म यहाँ सुत्न डराउँछु,” २२ वर्षीया ती युवतीले भनिन् । भित्तामा गहिरो खाडलहरू देखाउँदै उनले भनिन् अब सामान्य हावाले पनि भवन हामी माथि खस्ने जोखिम रहेको छ ।

महिनौंको डलरको अभाव र त्यसपछि कोरोनाभाइरस महामारीपछि लेबनानमा हजारौं विदेशी कामदारहरू फसेका थिए । त्यसपछि बेरूतको बन्दरगाहमा विस्फोटन भयो । जसले १८१ भन्दा बढी व्यक्तिको ज्यान लियो, हजारौं घाइते भए र शहरमा हजारौँ घरमा क्षति पुग्यो । केबेदा भन्छिन्, “यो कहालीलाग्दो घटना भएको छ । अब शहर छोड्नु पर्छ तर कसरी हातमा केही छैन ।” “मलाई लेबनान मन पर्छ, तर म यहाँ बस्न चाहन्न,” उनले बताइन् । “यहाँ कुनै काम छैन । म के खाने, कहाँ बस्ने र कसरी बाँच्ने ?”

केही विदेशी कामदारहरूले उनीहरूलाई सहयोगदाताहरूसम्म पुग्न सम्भव नै नभएको बताउन गरेको पनि उनी सुनाउँछिन् । कराँटीनाको छेउछाउमा बस्ने केबेदाकी छिमेकी हानाले दावी गरिन् “सहायताकर्मीहरूले लेबनानीलाई प्राथमिकता दिन्छन् ।”

उनीहरू विस्फोटपछिको पीडा व्यक्त गर्ने प्रतिनिधि पात्र हुन् । लेबनानमा पुगेका अधिकांश अफ्रिका, अरब तथा एशियाली मुलुकका श्रमिकहरूले घरायासी काम गर्ने गरेका थिए । “अहिले शहर नै विनास भएको छ । कामको ठेगान नै छैन,” एकतीस बर्षीय रोमाने अबेराले बताइन् । “मेरो इच्छा छ कि लेबनान पहिले जस्तो होस् । त्यस्तै फिर्ता जान सकियोस् ।” अबेराले भनिन् । उनले इथियोपियामा आफ्नो बच्चालाई छोडेर हालसालै त्यहाँ आएकी थिइन् तर आफ्नो जागिर गुमाएकी छन् ।

धेरै मुलुकका सयौं हजारौं आप्रवासी कामदारहरूले कम्तिमा दुई लाख ५० हजार घरायसी कामदार तथा अन्य श्रमिकले लेबनानमा कठिन परिश्रम गरेर घरमा पैसा पठाउँथे । तर अहिले अत्यधिक व्यक्तिका अवसर गुमेका छन् । उनीहरूको एउटै आवाज रहने गरेको छ हामीहरूलाई घर फर्किने वातावरण मिलाइदिनोस् । तर महामारीका कारण तत्काल यो सहज छैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया