असार २१, २०८२ शनिबार July 5, 2025

एक महिनामै कोरोनाबाट १ सय १४ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

एक महिनामै १ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गत ८ जेठसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएकामा ८ असारमा बढेर २२ पुगेको थियो ।

पछिल्ला आठ दिनमा थप ५० संक्रमितको मृत्यु भएको छ । केही दिनयता लक्षणसहितका संक्रमित थपिन थालेपछि मृतकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत सोमबार ३, मंगलबार ७, बुधबार ६, बिहीबार ६, शुक्रबार ११, शनिबार ११, आइतबार ३ र सोमबार ८ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ जिल्लाका ५ पुरुष र तीन महिला गरी आठ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रूपन्देहीमा मात्र चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६२ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला र रूपन्देहीका ६७ वर्षीया महिला, ३८, ५३ र ५४ वर्षीय पुरुष गरी आठ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७ सय ६८ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा सोमबार २२४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौंमा २ हजार ७ सय ५६, ललितपुरमा ४ सय ४४ र भक्तपुरमा २ सय ८६ संक्रमित पुगेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १८ हजार ८ सय ६ जना उपचारपछि निको भएका छन् । हाल देशभर ११ हजार २ सय ७५ जना क्वारेन्टिनमा बसेका छन् । देशभर हालसम्म १३ हजार ७ सय १५ जना आइसोलेसनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आरटी–पिसिआर प्रविधिबाट ६ लाख १० हजार ४ सय ६९ जनाको कोरोना परीक्षण भएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार