असार ३०, २०८२ सोमबार July 14, 2025

नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग पराजित

सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ३० गते । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ ।

ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले स्तब्ध बन्यो ।

बङ्गलादेशका लागि सिन्हा जहान सिखाले १३औँ, सागोरिका श्रीमतीले ३६औँ र त्रिस्ना रानीले खेलको अन्तिममा गोल गर्नुभयो । नेपालका लागि अनिषा राईले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र मिना देउवाले ८५औँ मिनेटमा गोल गर्नुभएको थियो ।

पहिलो हाफमा २–० ले पछि परेपनि नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दे खेललाई बराबरीमा ल्याएको थियो । तर खेलको अन्तिम तथा इन्जुरी समयमा सम्हालिन नसक्दा नेपालले गोल खाएको थियो ।

चार टोली सहभागी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै बङ्गलादेशले श्रीलङ्कालाई ९–१ गोलले पराजित गरेको थियो ।

सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया