असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना अपडेट: विश्वभर सङ्क्रमितको संख्या २ करोड ३८ लाख नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: विश्वमा २ करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट ८ लाख १७ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमित मध्ये हालसम्म १ करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार ९३० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ६९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार ६३० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार ११४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९० हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २ लाख ६० हजार ४०२ जनाको मृत्यु भएको छ ।

युरोपमा ३३ लाख ९३ हजार ३५६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने २ लाख ५ हजार ७४० को मृत्यु भएको छ । एसिया ६३ लाख ९७ हजार ५०७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ लाख ३१ हजार ८०१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १२ लाख २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५५२ जनाको मृत्यु भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया