श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन

उपाध्यक्षमा झापाका खगेन्द्र घिमिरे, सचिवमा सरोज बस्नेत, सहसचिवमा विनोद राना मगर र कोषाध्यक्षमा सम्झना राई चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उर्लाबारी, २ असार । अनलाइन टिभी पत्रकार संघ, नेपाल कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन मोरङको उर्लाबारीमा सम्पन्न भएको छ।

अधिवेशनले उर्लाबारी मोरङका किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मतरूपमा गठन गरेको हो।

संघको उपाध्यक्षमा झापाका खगेन्द्र घिमिरे, सचिवमा सरोज बस्नेत (मोरङ), सहसचिवमा विनोद राना मगर (सुनसरी) र कोषाध्यक्षमा मोरङकी सम्झना राई चयन भए।

त्यस्तै, सदस्यहरूमा किशोर निरौला, विजय भट्टराई, अफ्ताब अली र निशान ढकाल चयन भएका छन्।

२०७६ सालमा काठमाडौँमा स्थापना भएको अनलाइन टिभी पत्रकार संघले इन्टरनेटमार्फत भिडियो पत्रकारितामा सक्रिय पत्रकारहरूको हकहितका लागि काम गर्दै आएको छ। संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार अहिलेसम्म दुई प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ भने अन्य प्रदेशहरूमा पनि निकट भविष्यमै अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ।

संघले हालसम्म १५ जिल्लामा जिल्ला शाखा गठन गरिसकेको छ। अब छिट्टै केन्द्रीय अधिवेशन आयोजना गरी शाखा विस्तारलाई थप तीव्रता दिने योजना रहेको रेग्मीले बताए।

इन्टरनेट पत्रकारिता क्षेत्रमा सक्रिय अनलाइन टिभी पत्रकारहरूलाई संस्थागत र जिम्मेवार बनाउने उद्देश्यले संघले नेपालमै पहिलो पटक ‘अनलाइन टिभी स्वनियमन निर्देशिका’ जारी गरी लागू गरेको छ। साथै, संघले आफ्ना सदस्यहरूलाई विभिन्न तालिममार्फत दक्ष बनाउने कार्य पनि नियमित रूपमा गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार