श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बाल सुधार गृह पर्साका चौकीदार गुप्ता ठगी आरोपमा पक्राउ

बाल सुधार गृहमा रहेका १० जना बाल बिषयगत (किशोर कैदी) हरूसँग लाखौं रुपैयाँ ठगी गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा २ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुधार गृह पर्सामा कार्यरत चौकीदार प्रमानन्द गुप्तालाई ठगी तथा दुरुपयोग आरोपमा पक्राउ गरेको छ।

गुप्ताले बाल सुधार गृहमा रहेका १० जना बाल बिषयगत (किशोर कैदी) हरूसँग लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । गुप्ताले १० जना बालकैदीसँग नगद तथा ईसेवा मार्फत १० लाख ३४ हजार ३ सय असुल गरेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले न्युज कारखानालाई बताए ।

प्रहरीको अनुसार, सिराहा नगरपालिका ३ निवासी २४ वर्षीय गुप्ता बाल सुधार गृहमा कार्यरत रहँदा आफू चौकीदारको हैसियतमा बाल बिषयगतहरूमाथि दबाब तथा प्रभाव पारेर रकम असुलेका थिए। आरोप अनुसार, रकम ठगी गरी व्यक्तिगत लाभ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

गत असार ३२ गते गुप्ता कैद भुक्तान गरी बाल सुधार गृहबाट छुट्ने जानकारी पाए पछि पीडित बाल बिषयगतहरूले प्रहरीलाई घटनाको जानकारी दिएका थिए। प्राप्त जाहेरीका आधारमा पर्सा प्रहरीले  गुप्तालाई नियन्त्रणमा लिई ‘एक्सर्टसन’ अर्थात् विश्वासघात तथा आर्थिक लाभसम्बन्धी कसुरमा बिहीवार तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार