श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ठूलो परिमाणमा लागू औषधसहित दुई जना पक्राउ

पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट, २ साउन। रौतहट जिल्लाको पूर्विभेग राजदेवी नगरपालिका– १ स्थित लक्ष्मीपुर टोलबाट लागू औषधसहित दुईजना युवक पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो शाखाको संयुक्त टोलीले बुधवार राती भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो।

प्रहरीले  विआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार राजदेवी ८ का २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय निखिल कुमार यादवलाई चेकजाँचको क्रममा पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले बताए।

प्लाष्टिक झोलामा हालिएको विभिन्न ब्रान्डका लागूपदार्थ लिएर हिँडिरहेको अवस्थामा प्रहरीले फेला परेका हुन्।

उनीहरूको साथबाट नाईट्रो भेट (नाइट्राजेपाम) १० एमजी १८ सय ट्याब्लेट नाइट्राजेपाम, ९०० हजार ट्याब्लेट, (सानो पत्ता) पत्तामा ३०० ट्याब्लेट, नशालु इन्जेक्सन डाईजिपाम ३०० एम्पुल, फेनेरगन ३०० एम्पुल, बुप्रेनर्फिन ३०० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी दीपककुमार रायले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनीहरूले ती लागूपदार्थहरू बिक्री गर्ने उद्देश्यले ल्याएका थिए। पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको  प्रवक्ता रायले जानकारी दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार