असोज ३, २०८३ शनिबार September 19, 2026

विधान संशोधन टुंगिएको होइन, ओलीसँग विचारको मतभेद उठाएको हुँ : ईश्वर पोखरेल (अन्तर्वार्ता)

पार्टी विधान मस्यौदाले पूर्वराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन रोकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

केन्द्रीय पदाधिकारी बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिएपछि अब ७० वर्षे उमेर हद र एउटै पदमा दुई कार्यकाल नरहने पक्का भयो होइन ?

केन्द्रीय पदाधिकारीले विधानलाई अन्तिम रुप दिएको होइन । विधान मस्यौदामाथि पोलिटब्युरोमा छलफल भइरहेको छ । यो केन्द्रीय कमिटी, महाधिवेशन प्रतिनिधिसमक्ष पठाइनेछ । यो विधान संशोधनमाथि छलफल गर्ने विधि हो । विधान महाधिवेशन पास गरेपछि फेरि राष्ट्रिय महाधिवेशनले अन्तिम रुप दिन्छ । त्यसैले विधानमा टुंगो लागिसक्यो भन्न मिल्दैन ।

तपाईँ र अध्यक्ष केपी शर्मा ओलीबीच सवाफजवाफ किन भयो ?

मैले विधिसम्मत तरिकाले पार्टीको आन्तरिक जीवनको कुरा उठाएको हुँ । विगतमा अध्यक्षले दार्शनिक राजनीतिक, वैचारिक र कार्यक्रमिक हिसाबले राख्नुभएको थियो । मैले पनि त्यही विषय उठाएको हुँ । यो उमेर हद र कार्यकालको विषय मन लाग्दा राख्ने, मन नलाग्दा नराख्ने विषय होइन । पार्टीमा एउटा थिति बसाउनुपर्छ भन्ने कुरा गरेको हो । विगतमा अध्यक्षले जसरी कुरा उठाउनुभएको हो, मैले पनि त्यसरी उठाएको हो ।

विधान मस्यौदामा त हाल तपाईँ रहेको वरिष्ठ उपाध्यक्षनै गायब पारियो नि, किन ?

वरिष्ठ उपाध्यक्ष मेरै लागि बनाएको होइन । यो मेरो ‘ट्रेड मार्क’ होइन । म यसमा रहने भन्ने छैन । तर पार्टी संगठनको संरचना बनाउँदा सबै कुराको भाँती पुर्‍याउनुपर्छ भन्ने हो ।

पार्टी विधान नेताको स्वार्थअनुसार चलाउने दस्ताबेज हो र ?

आवश्यकताअनुसार विधान संशोधन हुनुपर्छ । त्यो पार्टी बलियो बनाउने हिसाबले हुनुपर्छ । विधान महाधिवेशन संशोधन गर्नकै लागि हो । त्यसो गर्दा प्रतिनिधिको रुपमा स्वामित्व रहन्छ । विधान धेरै अस्थिर बनाउनु हुँदैन । कति कुरा सच्याउनु पनि पर्छ ।

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने गरी विधान संशोधन हुन लागेको हो ?

उहाँलाई राजनीतिमा आउन संविधानले रोकेको छैन । केन्द्रीय कमिटीको बैठक सकिएपछि अध्यक्षले उहाँसँग छलफल गर्ने भन्नुभएको छ । पार्टी विधान मस्यौदाले पनि उहाँलाई राजनीतिमा सक्रिय हुन रोकेको छैन । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार
परिवारले मृत्यु स्वीकारे, राज्यको सूचीमा अझै बेपत्ता
२०८३ असोज ३, शनिबार