असार २३, २०८२ सोमबार July 7, 2025

पुल दरबन्दीमा रहेका शिक्षकलाई तलब नदिने निर्णय फिर्ता गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एकीकृत अखिल नेपाल शिक्षक संगठन स्थानीय तहकाे पुल दरबन्दीमा कार्यरत शिक्षकहरुकाे तलबभत्ता नदिने सरकारकाे निर्णय तत्काल फिर्ता लिन माग गरेकाे छ ।

संगठनले प्रेस विज्ञप्ति जारी गर्दै अहिले काेराेना महामारीको विषम परिस्थितिमा विद्यालयहरु समेत बन्द भएकाे अवस्था र दरबन्दी मिलान तथा पुन: व्यवस्थापन समितिकाे सुझाव बमोजिमकाे आवश्यक दरबन्दी थप नगरी दरबन्दी मिलान कार्य गरिएकाे प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

संगठनले काेभिड-१९ काे मानवीय संकटलाई ध्यानमा राख्दै रिक्त राहत अनुदान काेटा तथा रिक्त स्थानान्तरण हुन पाउने व्यवस्था बाहेकका दरबन्दी मिलानका अन्य कुनैपनि कार्य अगाडि नबढाउन माग गरेकाे छ ।

यसैगरी, विगतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच शैक्षिक तथा पेशागत सवालमा भएका सहमतिको कार्यान्वयन गर्न समेत माग गरेकाे छ ।

यस्तो छ एकीकृत अखिल नेपाल शिक्षक संगठनले जारी गरेको प्रेश विज्ञप्तीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया