श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर

शैलु आचार्यको शब्द शृजना तथा किरण भुजेलको संगीतमा तयार गीतको भिडियोको कन्सेप्ट पनि गायक स्वयमकै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गायक शंकर श्रेष्ठ र गायिका ममता गुरुङको स्वर रहेको सर्यो सर्यो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

शैलु आचार्यको शब्द शृजना तथा किरण भुजेलको संगीतमा तयार गीतको भिडियोको कन्सेप्ट पनि गायक स्वयमकै हो।

एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी र मर्मस्पर्शी बिछोडका भावनाहरुलाई समेटिएको भिडियोमा गायक शंकर र नायिका गरिमा शर्माको अभिनय गज्जब देख्न सकिन्छ।

भिडियोमा गरिमा र शंकर दुवै रोमान्टिक अवतारमा देखा परेका छन्। दुई प्रेमील मन एक हुँदा कुन हदसम्मको माया बढ्छ भन्ने कुरालाई गरिमा र शंकरका माध्यमबाट निर्देशक शान थापाले देखाउन खोजेका छन्।

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन्। गायक श्रेष्ठ गायक सँगसँगै अभिनयमा पनि औधी रुची राख्छन्।

बुधबारे झापाका गायक श्रेष्ठ अहिले अशोक दर्जीको मन बिनाको धन नामक फिल्मको छायांकन सकेर अहिले परिवर्तन नामक फिल्मको छायांकनमा व्यस्त छन्। विषम आचार्यको एरेन्ज, साजन शाहको मिक्सिङ मास्टरिङ रहेको गीतको छयांकन अर्जुन तिवारीले गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार