असार २३, २०८२ सोमबार July 7, 2025

तेब्बर बढी मूल्यमा युरिया मल बेचेको आरोपमा दाङका ३ जना व्यापारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बजार भाउभन्दा तेब्बर बढी मूल्यमा रासायनिक मल युरिया बेचेको आरोपमा दाङको गढवा गाउँपालिकाबाट तीन जना  पक्राउ परेका छन्।

दाङको देउखुरी स्थित गढवाबजार र आसपासको क्षेत्रमा रहेका रासायनिक मलका बिक्रेताहरुले चर्को मूल्यमा युरिया बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त अनुगमन टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका ५ का सुनील पोख्रेल, राजकुमार गुप्ता र युवराज पाण्डे रहेका छन् । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठौरका अनुसार उनीहरूको पसलबाट प्रतिबोरा सात सय २१ पर्ने रासायनिक मल ९युरिया० लाई प्रतिबोरा दुई हजार चार सय रुपैयाँको दरले बिक्री गरी उपभोक्तालाई ठगी गरेका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरी अनुसन्धान भइ रहेको इन्स्पेक्टर राठौरले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार