असार २१, २०८२ शनिबार July 5, 2025

प्रधानमन्त्रीलाई कैदीबन्दीको संयुक्त पत्र : कैद छुट दिएर कोराना जोखिमबाट बचाउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कारागारहरूमा कोरोना संक्रमणको जोखिम बढेको बताउँदै कैदीबन्दीले १ भदौमा प्रधानमन्त्री केपी ओलीलाई संयुक्त पत्र लेखेर कैद छुट दिन माग गरेका छन् । सर्वोच्च अदालतको १७ वैशाखको आदेश कार्यान्वयन गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सामान्य प्रकृतिका मुद्दाका कैदीबन्दी धरौटीमा छाड्न तथा कानुनमै भएको प्रावधानअनुसार सामाजिक काममा लगाउन उनीहरूले माग गरेका छन् । पत्रमा उल्लेखित १० मध्ये उनीहरूको मुख्य माग छ– असल चालचलनका कैदीलाई एकतिहाइ कैद छुट (प्यारोल)को सुविधा दिनुपर्ने ।

१७ वैशाखमा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासले कैदीबन्दीलाई कानुनमा भएको सुविधा दिन अन्तरिम आदेश दिएको थियो । ‘फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा २२, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ४९ को व्यवस्थालाई कार्यान्वयनमा ल्याई कारागारहरूको व्यवस्थित सुधार गर्ने प्रयोजनका लागि सोही ऐनको दफा १ (२) बमोजिम नेपाल राजपत्रमा सात दिनभित्र सूचना प्रकाशित गरी उल्लेखित व्यवस्था कार्यान्वयनको प्रक्रिया आरम्भ गर्नू,’ आदेशमा भनिएको छ ।

सोही आदेश कार्यान्वयन नभएको बताउँदै कैदीबन्दीले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । ऐनको दफा २२ मा ६ महिनासम्म कैद सजाय भएका कैदीलाई सामाजिक सेवामा लगाउन सकिने, २५ मा दुई वर्षसम्म कैद सजाय भएकालाई सुधारगृह पठाउन सकिने, लागुऔषध सेवनको कसुर र मानसिक दुर्बलता भएकालाई पुनस्र्थापना केन्द्र तथा दफा २७ मा एक वर्षसम्म कैद सजाय भएकालाई सप्ताहको अन्तिम दिन तथा राति मात्र कारागार बसी भुक्तान गर्न सकिने प्रावधान छन् । एक वर्षसम्म कैद सजाय भएकाले यस्तो सुविधा पाउँछन् ।

यस्तै, दफा २८ मा दुईतिहाइ कैद भुक्तान गरेका कैदीबन्दीलाई खुला कारागारमा राख्न सकिने प्रावधान छ । गम्भीर किसिमका मुद्दाबाहेकका कैदीलाई दुईतिहाइ कैद भुक्तान गरिसकेको अवस्थामा प्यारोलमा छाड्न तथा कैदबापत शारीरिक श्रममा लगाउन सकिने व्यवस्था कार्यान्वयन गर्न सर्वाेच्चले आदेश दिएको थियो । तीमध्ये अधिकांश आदेश गृह मन्त्रालयले कार्यान्वयन गर्न सकेको छैन । ती आदेश र कानुनी व्यवस्था लागू गरिए जेलमा भिडभाड र संक्रमणको जोखिम कम हुने कैदीबन्दीको भनाइ छ ।

ऐनमा उल्लेखित सुविधा लागू गर्न खुला कारागारलगायत पूर्वाधार निर्माण नभइसकेको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । उनका अनुसार पूर्वाधार निर्माण भएपछि राजपत्रमा सूचना प्रकाशित गरी प्यारोलको प्रावधान कार्यान्वयन गरिनेछ ।

ऐनको प्रावधानअनुसार जन्मकैद, मानव बेचबिखन तथा ओसारपसार, मानवताविरुद्धको अपराध, जबर्जस्ती करणी, संगठित अपराध, राज्यविरोधी अपराध, भ्रष्टाचारलगायत नौवटा मुद्दामा भने प्यारोल सुविधा दिन मिल्दैन । तर, आधा कैद मिनाहा नहुने लागुऔषध तथा वन्यजन्तुसम्बन्धी अपराधका कैदीले प्यारोलको सुविधा पाउँछन् । सोहीकारण उनीहरूले यो व्यवस्था लागू गर्न दबाब दिँदै आएको विभागका अधिकारीहरू बताउँछन् । महान्यायाधिवक्ताको अध्यक्षतामा रहने प्यारोल समितिले सिफारिस गरेपछि अदालतको आदेशमा मात्र सुविधा दिन मिल्छ ।

यस्तै, ६ महिना मात्र कैद बाँकी भएका र ६५ वर्षमाथिका कैदीबन्दीको बाँकी कैद मिनाहा गर्न पत्रमा माग गरिएको छ । शारीरिक–मानसिक रूपमा अशक्तहरूको बाँकी कैद मिनाहा हुनुपर्ने, कारागार ऐनअनुसार कैदीलाई ६ वर्गमा विभाजन गरी राख्नुपर्ने, कैदीको कोरोना बिमा, जरिवाना तिर्न नसकी जेल बसेकाको जरिवाना मिनाहा र जेलमा सुरक्षात्मक उपाय अवलम्बन गर्न पत्रमा माग गरिएको छ । नयाँपत्रिका दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार