कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गाईजात्रालाई लक्षित गर्दै ‘मिसन नौटङ्की’ सार्वजनिक

चलचित्र ‘जात्रै जात्रा’ मा समावेश गीत ‘लाइदेउ माया पिरिम’ को ‘प्यारोडी’ गीत पनि तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौँ, ८ साउनः हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न व्यङ्ग्यात्मक सामग्री भित्रिने गर्दछन् । यस वर्ष कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाईजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गर्नुभएको छ ।
दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने र विकृतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले गाईजात्रालाई लक्षित गरी कोसेली ल्याइएको कलाकार रिजालले बताउनुभयो । “अहिले यस्ता कोसेलीको व्यवसायिकता छैन, तर यस्ता प्रस्तुति ल्याउनु हामी हास्य कलाकारको धर्म हो । सोही कारण मैले सुरुआती दिनदेखि निरन्तर गाईजात्रालाई लक्षित गर्दै व्यङ्ग्यात्मक कोसेली ल्याउने गरेको छु । बर्सेनि दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।
विसं २०६१ देखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रालाई लक्षित गर्दै प्रस्तुति ल्याइरहनुभएका कलाकार रिजालले ‘मिसन नौटङ्की’ अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृतिदेखि फेसन र ग्ल्यामरसम्मलाई व्यङ्ग्य गरिएको बताउनुभयो ।
“अहिले नेताहरूले आगामी निर्वाचन अर्थात् मिसन-८४ भन्दै प्रचार गरिरहेका छन् । अहिले काम गर्न ध्यान नदिएर नयाँ आशा बाड्ने नेतालाई लक्षित गर्दै केही हास्य प्रस्तुति तयार गरेको छु । यसको उद्देश्य कसैलाई चोट पु¥याउनु नभएर जनतालाई बाँडिएको झुटो आश्वासनलाई व्यङ्ग्य गर्नु हो”, उहाँले भन्नुभयो ।
उहाँले चलचित्र ‘जात्रै जात्रा’ मा समावेश गीत ‘लाइदेउ माया पिरिम’ को ‘प्यारोडी’ तयार गरिएको जानकारी दिनुभयो । कलाकार रिजालले लेखन, निर्देशन गर्नुभएको गाईजात्रा कोसेली ‘मिसन नौटङ्की’ मा राधिका हमाल, प्रेम शर्मा पौडेल, सवित्रा लामिछाने ‘सबु’, धीरेन्द्र सिंह, किरण खनाल, बेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना विक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठले अभिनय गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार