श्रावण ११, २०८३ सोमबार July 27, 2026

गाईजात्रालाई लक्षित गर्दै ‘मिसन नौटङ्की’ सार्वजनिक

चलचित्र ‘जात्रै जात्रा’ मा समावेश गीत ‘लाइदेउ माया पिरिम’ को ‘प्यारोडी’ गीत पनि तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, ८ साउनः हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न व्यङ्ग्यात्मक सामग्री भित्रिने गर्दछन् । यस वर्ष कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाईजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गर्नुभएको छ ।
दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने र विकृतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले गाईजात्रालाई लक्षित गरी कोसेली ल्याइएको कलाकार रिजालले बताउनुभयो । “अहिले यस्ता कोसेलीको व्यवसायिकता छैन, तर यस्ता प्रस्तुति ल्याउनु हामी हास्य कलाकारको धर्म हो । सोही कारण मैले सुरुआती दिनदेखि निरन्तर गाईजात्रालाई लक्षित गर्दै व्यङ्ग्यात्मक कोसेली ल्याउने गरेको छु । बर्सेनि दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।
विसं २०६१ देखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रालाई लक्षित गर्दै प्रस्तुति ल्याइरहनुभएका कलाकार रिजालले ‘मिसन नौटङ्की’ अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृतिदेखि फेसन र ग्ल्यामरसम्मलाई व्यङ्ग्य गरिएको बताउनुभयो ।
“अहिले नेताहरूले आगामी निर्वाचन अर्थात् मिसन-८४ भन्दै प्रचार गरिरहेका छन् । अहिले काम गर्न ध्यान नदिएर नयाँ आशा बाड्ने नेतालाई लक्षित गर्दै केही हास्य प्रस्तुति तयार गरेको छु । यसको उद्देश्य कसैलाई चोट पु¥याउनु नभएर जनतालाई बाँडिएको झुटो आश्वासनलाई व्यङ्ग्य गर्नु हो”, उहाँले भन्नुभयो ।
उहाँले चलचित्र ‘जात्रै जात्रा’ मा समावेश गीत ‘लाइदेउ माया पिरिम’ को ‘प्यारोडी’ तयार गरिएको जानकारी दिनुभयो । कलाकार रिजालले लेखन, निर्देशन गर्नुभएको गाईजात्रा कोसेली ‘मिसन नौटङ्की’ मा राधिका हमाल, प्रेम शर्मा पौडेल, सवित्रा लामिछाने ‘सबु’, धीरेन्द्र सिंह, किरण खनाल, बेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना विक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठले अभिनय गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार
रास्वपा केन्द्रीय समिति बैठक साउन १३ गते बस्ने
२०८३ श्रावण ११, सोमबार
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार