असार २३, २०८२ सोमबार July 7, 2025

टिकटकका सीईओ केभिन मायरले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् ।  केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै चिनियाँ कम्पनीहरु अहिले संकटमा छन् ।

राष्ट्रपति ट्रम्पको आदेश विरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन वीच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् । उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हाल्नेछन् ।

टिकटकले पनि मायरले राजीनामा दिनुभएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ ।

बाइटडान्सका संस्थापक एवं प्रमुख कार्यकारी यिमिङ झाङले कम्पनीका कर्मचारीलाई पठाउनुभएको पत्रमा विवादित विषय सुल्झाउन प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले भारत र संयुक्तराज्य अमेरिकामा आफ्नो कम्पनीमाथि समस्या खडा भएको स्वीकारेका छन् ।

गत अगष्ट ६ मा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको थियो । अमेरिकामा टिकटकलाई आफ्नो स्थिति प्रष्ट गर्न ४५ दिनको समय दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया