भाद्र ६, २०८३ शनिबार August 22, 2026

‘मिडिया काउन्सिल विधेयकबारे सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्छ’

सरोकारवालासँगको पर्याप्त छलफल गरी संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रताको मर्मअनुरूप विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १४ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनले मिडिया काउन्सिल विधेयकबारे मिडिया, विज्ञ, वरिष्ठ पत्रकारलगायत सरोकारवाला सबै पक्षसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक अगाडि बढाउन अनुरोध गरेको छ ।

सङ्गठनका महासचिव रोहित दाहालले आज प्रेस विज्ञप्ति जारी गरी सरोकारवालासँगको पर्याप्त छलफल गरी संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रताको मर्मअनुरूप विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सङ्गठनले भनेको छ, “विधेयकमा काउन्सिललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको एउटा शाखाजस्तो बनाउन खोजिएको छ, विधेयकमा काउन्सिलको अध्यक्ष मन्त्रालयका सचिवले गरेको सिफारिसका आधारमा सरकारले नियुक्त गर्ने उल्लेख छ, यस विषयमा सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।”

सो विधेयक अहिले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा छ । विधेयकको दफा ६ को उपदफा २ मा भनिएको छ, “उपदफा (१) बमोजिम काउन्सिलको अध्यक्ष र खण्ड (घ) र (ङ) बमोजिमका सदस्य नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा नेपाल सरकारले तोकेको विज्ञ सदस्य एक जना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव रहनेगरी तीन सदस्यीय सिफारिस समिति रहनेछ”, भनिएको छ ।

त्यसैगरी, अध्यक्षका लागि आवश्यक योग्यता भने सर्वोच्च अदालतको न्यायाधीश वा पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्ष अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने भनिएको छ । यदि अध्यक्ष पदमुक्त भए रिक्त अवधिसम्मका लागि काउन्सिलको नेतृत्व मन्त्रालयका सहसचिवले गर्ने पनि भनिएको छ ।

May be an image of ‎text that says '‎जांनত्ट समाजवादी प्रेस संगठन नेपाल Socialist Press Organization Nepal प्रेस विजप्त मिति 20Pι विधेयकमा साचिवले वढादएकामा मृचना प्रविथि सन्यार तया दयलफलमा कार्डन्मिल विगेयक ध्यानाकपंण प्रतिनिधनभाको रहेको बिनासंशोधन हार्मीलाई हुनेद्टेन मूचना प्र्वध मन्यालयको एउटा शासाजस्तो सोजिएको मिडया नेतृत्व आर्पतजनक मरकारसे गने वमाजम कार्उान्सिलको तांगि मन्यालवसमक्ष सिफारिस सांचवको मंयोजकत्मा नेपाल मन्बालयका महसाचव तीन उपदफा बमाजिमका सरकारले तोकेकी सदस्याय सिफारिस विघेयकमा करडन्मिलको विध्रेयकको दफा आवश्यक मिडया मन्तालयका भए क्षेत्मा अदालतके भनिएको যदि भनिएको निकायलाई ठम्याई समाजवादी प्रेस अधि चाहन्दी अंकश रहनपदध सरकारसे आन्दालनमा पतकारलगायत सरोकारबाला बर्की कार्डन्मिलको सोजेको गरेको सरोकारवाला सवैको ध्यानाकर्पण गराउदे मिडया, बिधेयक अगाड אמאלי महार्मांचव रोहित scannea WITN Camscanner‎'‎

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार