श्रावण १३, २०८३ बुधबार July 29, 2026

राज सिग्देलको तिम्रो मेरोमा मिस पवी र तुला

गायक तथा संगीतकार तुलाको प्रेम वियोगको कथा बोल्ने तिम्रो मेरोको भिडियोमा सशक्त अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गायक राज सिग्देलको स्वर रहेको तिम्रो मेरो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

शंकर संगमको शब्द तथा राजेश कैदीको संगीत रहेको सार्वजनिक गीतमा चर्चित टिकटकर मिस पवी र तुला पर्वतको अभिनय देख्न सकिन्छ। गायन र निर्देशनको क्षेत्रमा राम्रो सफलता हात पारेका गायक तथा संगीतकार तुलाले प्रेम वियोगको कथा बोल्ने तिम्रो मेरोको भिडियोमा सशक्त अभिनय गरेका छन्।

प्रेम वियोगको मार्मिक गीतमा बिछोडिएको एक जोडीको मर्मस्पर्शी कथामा सुन्दरी मोडल मिस पवी पनि गज्जबसँग खुलेकी छिन्। तुला र मिस पवीको यो बिछोडको कथालाई निर्देशक युवराज वाईबाले कलात्मक ढंगले दर्शकमाझ पस्किएका छन्।

भिडियोले माया गर्ने दुई मनहरू पनि यसरी समयसँगै छुट्नुपर्ने बाध्यताको कथालाई सशक्त रुपमा देखाएको छ। सागर बस्नेतको छायांकन, विकाश दाहालको सम्पादन रहेको मर्मस्पर्शी गीतको भिडियो गायक तथा संगीतका तुलाकै अफिसियल च्यानल वाईडस्क्रिन मिडियाबाट बजारमा आएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार