असार २१, २०८२ शनिबार July 5, 2025

विद्युतमा सात वर्षमा १५ अर्ब ८६ करोड बढीको नोक्सानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणको प्रसारणलाइन अस्वस्थताका कारण (ट्रान्समिटर लाइन लस) सात वर्षमा १५ अर्ब ८६ करोड बढीको नोक्सानी भएको छ ।

प्राधिकरणको पछिल्लो सात वर्षको तथ्यांकअनुसार जम्मा १८ लाख ६६ हजार ४ सय ३ दशमलव ३३ मेगावाट हावर विद्युत् खेर गएको हो । प्राधिकरणले प्रसारणलाइनको सुधारमा ध्यान दिन नसक्दा हरेक वर्ष उत्पादित विद्युत् खेर जाने गरेको छ । निजी जलविद्युत् कम्पनीबाट प्राधिकरणले प्रतिमेगावाट घण्टाको औसत ८ रुपैयाँ ५० पैसा विद्युत् खरिद गर्ने गरेको छ ।

यद्यपि यो रेट २०७०/७१ तिर ७ रुपैयाँ रहेको र पछि बढ्दै गएर हाल १० रुपैयाँ ५० पैसा औसत मूल्य रहेको प्राधिकरणका वितरण शाखा प्रमुख तथा उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । प्रत्येक वर्षको विद्युत् खरिद दर फरक भएको भए पनि सात वर्षको औसत दर ८ रुपैयाँ ५० पैसासम्म राख्न मिल्ने न्यौपानेले बताए । यसैलाई आधार मान्दा विद्युत् प्राधिकरणलाई पछिल्लो सात वर्षको कुल १५ अर्ब ८६ करोड ४४ लाख २८ हजार ५ सय ६० रुपैयाँबराबरको नोक्सानी भएको छ ।

महालेखाका अनुसार ती कार्यालयले जग्गा बिक्रीका क्रममा पुँजीगत लाभकर ८७ लाख १३ हजारसमेत नलिएको पाइएकाले सम्बन्धित कार्यालयका कर्मचारीबाट असुलउपर गराउन सरकारलाई निर्देशन दिएको छ ।

स्वदेशी बिजुलीले माग धान्न नसकेर भारतबाट आयात गर्नुपर्ने अवस्थामा समेत प्राधिकरणको लाइन लसकै कारण गत आर्थिक वर्षमा मात्रै सो विद्युत् खेर गएको हो । आर्थिक वर्ष २०७०/७१ मा २ लाख ३० हजार ३ सय ३० दशमलव ७१ मेगावाट प्रतिघण्टा, २०७१/७२ मा २ लाख १ हजार १ दशमलव १४ मेगावाट प्रतिघण्टा २०७२/७३ मा १ लाख ६३ हजार ४२ दशमलव १२ मेगावाट प्रतिघण्टा २०७३/७४ मा २ लाख ७७ हजार ८ सय ६८ दशमलव ७८ मेगावाट प्रतिघण्टा २०७४/७५ मा ३ लाख ६६ हजार ८ सय ५३ दशमलव २१ मेगावाट प्रतिघण्टा २०७५/७६ मा ३ लाख ४ हजार ७ सय ४९ दशमलव ३७ मेगावाट प्रतिघण्टा र २०७६/७७ मा ३ लाख २२ हजार ५ सय ५८ मेगावाट प्रतिघण्टा विद्युत् प्रसारण आउट्जका कारण खेर गएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया