भाद्र १, २०८३ सोमबार August 17, 2026

दुर्गम बागलुङमै ५ थान डायलासिस उपकरणसहित सेवा विस्तार, हजारौं बिरामी लाभान्वित हुने

बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ (गलकोट), साउन २१ गते । जिल्ला अस्पतालबाट दिइरहेको डायलासिस सेवा अब गाउँपालिकाबाट सुरु हुनेभएको छ । अस्पतालमा उपकरण जडान भएपछि सेवा सुरु हुने गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार बागलुङको बडिगाड गाउँपालिकाले पश्चिम बागलुङका मिर्गौलाका बिरामीका लागि डायलासिस सेवा सुरु गर्न उपकरण भित्र्याएको हो । बडिगाड गाउँपालिका–५, ग्वालीचौरमा हालै सम्पन्न १८ करोड लागतको भवनमा १५ शय्याको अस्पताल निर्माण भएको थियो ।

साउन १ गतेबाट आधारभूत अस्पतालको सेवा थालिएको गाउँपालिकाले आगामी कात्तिकभित्र डायलासिस सेवा दिनेगरी स्वास्थ्यकर्मीलाई तालिम दिने तयारीमा जुटेको पालिका अध्यक्ष थापा अधिकारीले जानकारी दिनुभयो ।

“पश्चिम बागलुङका मिर्गौला रोगीका लागि यो राज्यको ठुलो पहल हो, दुर्गमको गाउँपालिकास्तरमै पहिलो पटक डायलासिस सेवा दिन स्वास्थ्य मन्त्रालयले उपकरण प्रदान गरेको छ” थापा अधिकारीले भन्नुभयो, “बडिगाड गाउँपालिकाको अस्पताल भए पनि जिल्लाको गलकोट र ढोरपाटन नगरपालिकासहित तमानखोला र निसीखोला गाउँपालिकाका बिरामी लाभान्वित हुने छन् ।”

बागलुङको धौलागिरि अस्पतालमा मात्रै सो सुविधा रहेकोमा बडिगाडमा पनि डायलासिस सेवा सञ्चालनसम्बन्धी एक वर्षअघि बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबिच सम्झौता भएअनुसार अहिले उपकरण प्राप्त भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबिच डायलासिस सेवा दिने विषयमा सम्झौता भएअनुसार उपकरण गाउँपालिकामा आएको हो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जनशक्ति पठाउने विषयमा अध्ययन गरिने बताएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

सङ्घीय स्वास्थ्य मन्त्रालयमार्फत बागलुङको बडिगाड गाउँपालिकालाई एक करोड एक लाख ४४ हजार ८२० रुपियाँ बराबरको पाँच वटा डायलासिस उपकरण प्राप्त भएको छ। साउन १ गतेबाट बडिगाड गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएर सेवा दिन थालेको छ । पालिकामा एकसाथ पाँच जनाले उक्त डायलासिस सेवा दिन सक्ने छ।

यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथी छानबिन सुरू
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ
२०८३ भाद्र १, सोमबार