कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेप्से परिसुचक एक दशमलव ९४ अङ्कले घट्यो

आज ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव शून्य छ बिन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ बराबरको कारोबार भएको हो । आजको कारोबारमा लगानी समूह शून्य दशमलव ४९, लघुवित्त एक दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

बैङ्किङ शून्य दशमलव ४७, विकास बैङ्क शून्य दशमलव ६१, वित्त शून्य दशमलव ४१, होटेल तथा पर्यटन शून्य दशमलव शून्य पाँच र जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३६ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु २९ करोड ४५ लाख ५७ हजार ७५४ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फन्डको १८ लाख २७ हजार ६८० कित्ता शेयर किनबेच भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार