भाद्र २६, २०८३ शुक्रबार September 11, 2026

‘रजतपट अंकल’ले बार्गेनिङ गरेको फिल्म निर्माताको आरोप

पूर्ण बहादुरको सारंगीको पैसा को कोस्ले मिलेर हिनामिना तपाईलाई त पक्कै थाहा छ होला..............

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २३ साउन । रजतपट कार्यक्रम सञ्चालक फिल्मी पत्रकार प्रकाश सुवेदीमाथि बार्गेनिङ गरेको आरोप लागेको छ ।

रकम दिएको आधारमा फिल्मको प्रमोशन गर्ने र रकम नदिए निर्माण टीम, लगानीकर्ताको चरित्र हत्या गर्ने गम्भीर आरोप उनी माथी लागेको हो ।

नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाई गरेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत सुबेदीलाई सो आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

हाम्रो अभिमन्यु चलचित्रको मिडिया कोअर्डिनेटरसँग रजतपट टिमले प्रमोशनको लागी पैसा छुट्याएको छ कि छैन भनेर पैसा मागेपछि मैले हुदैन भने। चलचित्र राम्रो बनाको छु म यो पल्ट पनि रजतपटमा नगर्ने भने पछि दुश्मनी निकालन प्रकाश सुबेदी सरले मेरो बारेमा हिजोको एपिसोडमा रिपोट बनाउनु भएछ।

हुन त धेरै जना यस्तो बिषय आउदा डराएर चुपलाग्नु हुन्छ किनकि भोलि रजतपटटिमले रिलिज भएछि रिपोर्ट बनाएर फिल्मको बारे नराम्रो भनिदिनुहोला भनेर तर मलाई यो कुराको मतलब छैन।त्यहि प्रोडुसरको पैसा लिएर त्यहि प्रोडुसरको खेदो खनेको देखेको छु मैले।

आखिर रजतपट लाई पैसा नदिदापनि त ब्लकबस्टर भयो पूर्णबहादुरको सारंगी हैन र कि रजतपटलाई पैसा दिदैमा हिट हुने हो र ?

हेर्नु तपाईको जस्तो चिप्लो घस्न आउदैन। हाम्रा सिदा बात नो बक्वास। ल गित बुष्ट गरे, सोसलमिडियोमा कन्टेन्ट बुष्ट गरे, टिकट पनि काटे के मैले पाप गरेर कि अरुको पैसा ठगेर धम्क्याएर गरेरु  नितान्त मेरो गोजिको पैसा हालेर गरे के यसो गर्नु अपराध होरु मेरो फिल्को मार्केटिगं गर्न मैले आफ्नो हिसाबले नपाउनेरु के तपाईको कार्यक्रम मा मार्केटिगं गर्नु अनिवार्य हो। हामी फिल्म बनाउने मान्छे हो हजुर अरुको Controversy बनाउने मान्छे हैन।

र अर्को कुरा पूर्णबहादुरको सारंगी को पैसा नहुदाँपनि मैले भात खाएकै थिए है र अहिले पनि त्यहि भात नै हो। पूर्ण बहादुरको सारंगीको पैसा को कोस्ले मिलेर हिनामिना तपाईलाई त पक्कै थाहा छ होला किनकि कस्ले कतिको बुष्टिगं गर्यो त्यो थाहा हुनेलाई यति जाबो कुरा त के थाहा नहोला र ???

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युतीय कारमा आगलागी, जलेर एक जनाको मृत्यु
२०८३ भाद्र २६, शुक्रबार
बाढीमा बेपत्ता पाँच न्यूजिल्याण्ड नागरिकको खोजी उच्च प्राथमिकतामा : प्रधानमन्त्री शाह
२०८३ भाद्र २६, शुक्रबार
पाठ्यक्रम परिमार्जनः पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव
२०८३ भाद्र २६, शुक्रबार
उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
२०८३ भाद्र २६, शुक्रबार
कुष्ठरोगको उच्च जोखिममा बाँके, एक वर्षमा १९३ नयाँ बिरामी
२०८३ भाद्र २६, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र २६, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६, शुक्रबार