भाद्र २६, २०८३ शुक्रबार September 11, 2026

फिल्म ‘तिम्रो मेरो कथा’को प्रिमियर शो, हल हाउसफुल

चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भूमिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ साउनः पूर्वकै टिमले सीमित स्रोत साधनमा निर्माण गरेको नेपाली ‘चलचित्र तिम्रो मेरो कथा’को विराटचोकमा प्रिमियर शो गरिएको छ। शनिबार विराटचोकस्थित ‘विराट सिनेमा”मा गरिएको प्रिमियर शोमा हल हाउसफुल भएको थियो।

मोरङका विभिन्न भू-भागमा सुटिङ गरिएको यस फिल्मलाई अनिश घिमिरेले निर्माण गरेका हुन्। चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

प्रेम तथा विछोडको कथामा बनेको उक्त फिल्ममा केही उत्कृष्ट एक्सनका दृश्यहरू समेत रहेका छन्, जसलाई दर्शकले मन पराएका छन्। कलाकारको अभिनयलाई पनि दर्शकले तारिफ गरेका छन्।

चलचित्रलाई विराटनगर,पथरी,दमकका साथै पूर्वका विभिन्न हलहरूमा च्यारिटी शोमार्फत लैजाने तयारी रहेको फिल्मका निर्माता तथा निर्देशक अनिश घिमिरेले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया