असार २३, २०८२ सोमबार July 7, 2025

त्रिविको शिक्षक नियुक्तिमा नयाँ नीति, आंशिक शिक्षक करार नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ ।

विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई अध्यापनका लागि प्राथमिकता दिने गरी बाटो खोलेको हो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले विश्वविद्यालयका अतिरिक्त कक्षामा शिक्षकको व्यवस्थापन नयाँ तरिकाले गर्ने उद्देश्यले निर्देशिका जारी गरी कार्यान्वयनका लागि सबै क्याम्पस प्रमुखलाई पठाइएको जानकारी दिनुभयो । भदौ १ बाट लागू हुने गरी यो निर्देशिका जारी गरिएको जानकारी त्रिविले दिएको छ ।

आंशिक शिक्षक अब करार नहुने

नयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार नबनाइने भएको छ । यसअघि आंशिक शिक्षकलाई करार गर्ने प्रावधान विश्वविद्यालयमा थियो । करार शिक्षकको सेवासमेत सुनिश्चित गरिएको थियो । अब भने नयाँ तरिकाले शिक्षक नियुक्ति र व्यवस्थापन गरिने भएको छ । सोअनुसार प्रतिक्रेडिट प्रणालीअनुसार कक्षा लिन प्रतिक्रेडिट १५ हजार रुपियाँका दरले र प्रतिपिरियड पाँच सय रुपियाँका दरले भुक्तानी दिने गरी शिक्षकलाई पारिश्रमिक दिइने भएको छ ।

सेमेस्टर प्रणालीको हकमा पाँच महिना र वार्षिक प्रणालीको हकमा १० महिना अध्यापन गर्ने अवधिका आधारमा शिक्षकलाई भुक्तानी दिइने जनाइएको छ । एकै शैक्षिक सत्रमा तीन क्रेडिटभन्दा कम वा एक सय पूर्णाङ्कको कोर्स वा विषयभन्दा कम कक्षाभार लिने गरी कुनै पनि व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको अध्यापन कार्यमा सम्झौता गराउन नपाइने प्रावधान बनाइएको छ ।

यसका साथै विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत भएका शिक्षक तथा त्रिवि सेवा आयोगले प्रकाशित गरेको नतिजामा वैकल्पिक सूचीमा रहेका व्यक्तिलाई अतिरिक्त कक्षा अध्यापनमा सहभागी गराउने नीति लिएको छ । विश्वविद्यालयले अवकाश प्राप्त शिक्षकले अवकाशपछि कक्षा लिन चाहेमा त्यस्ता शिक्षकबाट पनि सेवा लिने व्यवस्था मिलाउन मातहतका क्याम्पसलाई निर्देश गरेको छ ।

केन्द्रीय कार्यालयको स्वीकृतिपछि त्रिवि सेवा आयोगको प्रक्रिया पूरा गरेर मात्र अतिरिक्त कक्षा व्यवस्थापनका लागि शिक्षक छनोट गर्न विश्वविद्यालयले क्याम्पसहरूलाई परिपत्र गरेको छ । यसअघि क्याम्पसले आफूखुसी शिक्षकको नयाँ भर्ना गर्ने गरेका थिए । अब पनि क्याम्पसले नै नयाँ शिक्षक नियुक्ति गर्ने भए पनि स्वीकृति लिनुपर्ने प्रावधानमा कडाइ गरिएको हो ।
पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले विश्वविद्यालयबाट निर्देशिका प्राप्त भएको उल्लेख गर्दै यसको कार्यान्वयन सुरु हुने बताउनुभयो । अब क्याम्पसले आंशिक शिक्षक नियुक्ति गर्दासमेत सार्वजनिक रूपमा सूचना गर्नुपर्ने, उम्मेदवारको कक्षा प्रस्तुति र अन्तर्वार्ता गरेर मात्र छनोट गर्नुपर्ने भएको छ । अन्य निकायमा कार्यरत व्यक्ति भएको अवस्थामा विज्ञका रूपमा मात्रै नियुक्त गर्न पाइनेछ ।

यसअघि स्वीकृति लिएर प्रक्रियाबाट छनोट भएका शिक्षक तथा २०७२ असार मसान्तसम्म प्रक्रियागत रूपमा छनोट भएका शिक्षकलाई कोर्स सम्झौता गर्न सकिने जनाइएको छ । २०७२ असारपछि नियुक्त भएका आंशिक शिक्षकका हकमा भने सम्बद्ध विभागीय प्रमुखले शिक्षकको आवश्यकता पुष्टि हुने गरी आगामी असोज १५ भित्र सिफारिस गर्नुपर्ने तय गरिएको छ । ती शिक्षकको पनि नियुक्ति प्रक्रिया भने मिलेको हुनुपर्ने जनाइएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार