कार्तिक २५, २०८३ बुधबार November 11, 2026

राजमार्गमा कटहरको व्यापार

अघिल्ला वर्ष गाउँको बारी तथा पाखामा पाकेर खस्ने र खेर जाने कटहर अहिले स्थानीयको आम्दानीको स्रोत बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पुतलीबजार, साउन २७ गते । स्याङ्जाको सिद्धार्थ राजमार्ग बर्सातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने ठाउँमा कहिले सुन्तलाको पहेँलोपनले त कहिले मौसमी फलको सुगन्धले सजिन्छ । सुन्तलाको मौसम सकिएसँगै अहिले गाउँमा उत्पादन भएको कटहर राजमार्गमा जताततै बिक्रीका लागि राखेको देखिन्छ ।

पुतलीबजार नपा–४, नाउडाँडा क्षेत्रमा यात्रा गर्ने जोकोहीको नजर सडकछेउमा थुपारिएका ठुलठुला काँडेदार फलमा पर्ने गर्छ । अघिल्ला वर्ष गाउँको बारी तथा पाखामा पाकेर खस्ने र खेर जाने कटहर अहिले स्थानीयको आम्दानीको स्रोत बनेको छ ।

सडकछेउमा अस्थायी टहरा बनाएर व्यस्त राजमार्गमा गुड्ने बस, माइक्रो र निजी सवारीका यात्रुलक्षित कटहर बेच्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । स्थानीय व्यवसायीका अनुसार कटहर बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । १० वर्षदेखि नाउडाँडामा सुन्तला तथा कटहरको व्यापार गर्दै आउनुभएका व्यवसायी भीमबहादुर पौडेल भन्नुहुन्छ, “यहाँका कटहर पहिले सडेर जान्थे, अहिले त्यही कटहर बेचेर घरपरिवारको खर्च चल्ने मात्र होइन, केही बचत पनि हुने गरेको छ ।” उहाँले भन्नुभयो, “यस वर्ष १२ गाडी कटहर टिपेँ, सात गाडी पोखरा पठाएँ, बाँकी पाँच गाडी यहीँ बसेर बेचेँ ।”

प्रतिकटहर ५० देखि दुई सय रुपियाँसम्म बिक्री हुने र दैनिक १५ हजार रुपियाँसम्म व्यापार गर्ने गरेको अर्का व्यवसायी नरबहादुर जिसीले बताउनुभयो । वालिङबाट पोखरा जाँदै गरेका मणिप्रसाद अर्यालले आफ्नो निजी सवारीसाधन रोकेर कटहर खरिद गर्दै भन्नुभयो, “यो फलमा विषादी छैन । त्यसैले खरिद गरेर लिन थालेको हुँ ।” यहाँ आउने भारतीय पर्यटकले पनि कटहर लिने गरेका छन् । पाकेको कटहर फलका रूपमा खान भारतीय यात्रुले खुब मन पराएको उहाँले बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार