श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

गोंगबु घटनामा नग्न तस्बिर मुख्य कारण : घटनामा कल्पना र उनकी छोरीको मात्रै संलग्नता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई मानिएको छ । कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ ।

परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए । उनले भने, ‘बोहरा हत्या अनुसन्धान सकिएको छ । अध्ययन प्रतिवेदन हिजै (बिहीबार) सरकारी वकिल कार्यालयमा बुझाइएको छ । घटनामा संलग्न मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग छ । सहयोगीको भूमिकामा रहेकी किशोरीविरुद्ध भने जन्मकैदको दुईतिहाइ सजाय माग गरिएको छ ।’

प्रहरीले हत्यामा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् । पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको हत्या गरेको स्वीकार गरेकी छिन् । छोरीले शव व्यवस्थापनमा सघाएको उनको बयानमा थियो ।

२५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव र टाउको केही पर झोलामा भेटिएको थियो । बोहरा हत्या भएको दिन २४ साउनको राति कल्पनाकै कोठामा बस्न गएका थिए । दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहराको हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्त कल्पनाले स्वीकार गरेको बताए । उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान ग(यौँ । हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्तले स्वीकार गरेकी छिन् । खासगरी फेक आइडीमार्फत नग्न फोटो सामाजिक सञ्जालमा सेयर गरेको विषयप्रति उनको आपत्ति रहेछ । यो नगर्न भन्दै पटक–पटक उनले बोहरालाई भनेकी पनि रहिछन् । रोक्नुको सट्टा उल्टै ब्ल्याकमेलिङ गर्न थालेछ । यही कारण नै हत्या गर्ने योजना बनाएको बयान अभियुक्तले हामीलाई दिएकी छिन् ।’

‘कल्पना शाहीको नाममा फेसबुक आइडी बनाएछ । त्यसमा मेरो टाउको जोडेर आपत्तिजनक फोटो राखेछ । सोही फेसबुकबाट उनले विभिन्न मान्छेलाई रिक्वेस्ट पनि पठाएछ । मैले उनको हर्कत थाहा पाएँ । त्यस्तो नगर्नुस् भनेर पटकपटक सम्झाएँ । तर, ऊ मानेन । म मानसिक रूपमा विक्षिप्त थिएँ । सहनै नसक्ने भएपछि यसलाई सिध्याउने योजना दिमागमा आयो । त्यसपछि सोहीअनुसार योजना बनाएँ । कोठामै बोलाएँ । उनको खानेकुरामा स्लिपिङ ट्याब्लेट हालेँ । उनी बेहोस भए । त्यही मौकामा सबै काम भए,’ प्रहरीका अनुसार कल्पनाले बयानमा भनेकी छिन् ।

मुलुकी अपराध संहिता ०७४ परिच्छेद ५ को दफा ४२ अनुसार जन्मकैद भन्नाले २५ वर्ष कैदजीवन बिताउनुपर्ने भनिएको छ । त्यसो हुँदा कसुर प्रमाणित भए अभियुक्त मुडभरीले २५ वर्ष कैद सजाय कटाउनुपर्नेछ । त्यस्तै उनकी १५ वर्षीया छोरीको हकमा उमेर पुगेको व्यक्तिलाई कानुनबमोजिम हुने सजायको दुईतिहाइ कम सजाय हुनेछ । नयाँ पत्रिका दैनिकबाटबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार