कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेपाल टेलिकमको खुद नाफा ५७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसामा सीमित

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको टेलिकमको जगेडा कोषमा हाल ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल टेलिकम लिमिटेड (NTC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा आम्दानी सामान्य घटेपनि खुद नाफा भने उल्लेख्य रूपमा घटेको देखिन्छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ मात्र आम्दानी गर्‍यो। वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ।

यससँगै कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३८ अर्ब ७३ करोड रुपैयाँमा पुगेको छ। चालु कर खर्च ११ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेपछि कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा झरेको हो।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि ३४ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ८२ पैसामा पुगेको छ। आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा तथा मूल्य–आम्दानी अनुपात (P/E ratio) ५९.१८ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको टेलिकमको जगेडा कोषमा हाल ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार