बैसाख १७, २०८३ बिहिबार April 30, 2026

बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या तीन लाख आठ हजारभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बङ्गलादेशमा शनिबार कोभिड–१९ बाट सङ्क्रमित नयाँ विरामीको सङ्ख्या दुई हजार १३१ पुगेको छ भने थप ३२ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या तीन लाख आठ हजार ९२५ पुगेको छ भने कोरोनाभाइरसको महामारीका कारण चार हजार २०६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ६८९ नमूनाको कोरोना परीक्षण भएको बताइएको छ । त्यस्तै शनिबारसम्म एक लाख ९८ हजार ८६३ सङ्क्रमित उपचारपछि निको भइ घर फर्किएका पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार २७ रहेको महानिर्देशनालयले जनाएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितको १.३६ प्रतिशत मृत्यु भएको छ भने ६४.३४ प्रतिशत व्यक्ति निको भएका छन् । बङ्गलादेशमा गत जुलाईमा २ मा एकै दिनमा सबैभन्दा धेरै चार हजार १९ सङ्क्रमित भएका थिए भने जुन ३० मा २४ घण्टाको अन्तरालमा सबैभन्दा धेरै ६४ व्यक्तिको मृत्यु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार