श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस सेवा पुनः सुरु

जनशक्ति र उपकरणको अभावले बन्द भएको यो सेवा सञ्चालनमा आएसँगै कर्णालीवासीलाई ठूलो राहत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौलाका बिरामीहरूका लागि डायलाइसिस सेवा पुनः सुरु भएको छ।

दुई वर्षअघि जनशक्ति र उपकरणको अभावले बन्द भएको यो सेवा सञ्चालनमा आएसँगै कर्णालीवासीलाई ठूलो राहत मिलेको छ।

प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाले अब बिरामीहरूले महँगो खर्चमा बाहिर जानुपर्ने बाध्यता हटेको बताइन्। आइतबार मुगुको खत्याड गाउँपालिकाकी जीरकला बियारको डायलाइसिस गरेर सेवाको सुरुवात गरिएको हो। आर्थिक अभावका कारण जुम्लामै उपचार नपाइने हो कि भन्ने चिन्तामा विरामीहरूले प्रतिष्ठानको यो कदमप्रति खुसी व्यक्त गरेका छन्।

पहिले जनशक्ति, औषधि र उपकरणबीच तालमेल नहुँदा सेवा रोकिएकोमा अहिले सबै तयारी पूरा गरेर सेवा थालिएको प्रतिष्ठानले जनाएको छ।

हाल प्रतिष्ठानमा चारवटा डायलाइसिस मेसिन तयारी अवस्थामा रहेका छन्, जसमध्ये दुईवटा सञ्चालनमा ल्याइएको छ। चिकित्सकहरूका अनुसार, स्वच्छ खानेपानीको कमीका कारण कर्णालीमा मिर्गौलाका बिरामीको संख्या बढ्दो छ, जसले गर्दा यो सेवाको माग उच्च छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया