बैसाख १७, २०८३ बिहिबार April 30, 2026

स्वेडेनमा फैलिएको इस्लाम विरोधी हिंस्रक प्रदर्शनी नर्वे पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वेडेनमा फैलिएको इस्लाम विरोधी हिंस्रक प्रदर्शनीको आगो छिमेकी नर्वेसम्म पुगेको छ। नर्वेको राजधानी ओस्लोमा शनिबार इस्लाम धर्म समर्थक र विरोधीबीच हिंस्रक प्रदर्शनी भएको हो।

प्रदर्शनकारीले मुस्लिम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरानका प्रति च्यातिदिएका थिए। यो प्रदर्शन त्यहाँको दक्षिणपन्थी संगठन ‘स्टप इस्लामाइजेसन अफ नर्वे’ (सियान) ले गरेको थियो।

प्रदर्शनकारी ओस्लोस्थित संसद् भवनको बाहिर जम्मा भएर इस्लाम विचारधाराको विरोध जनाएका थिए। प्रदर्शन करिब दुई घण्टासम्म चलेको बताइएको छ। सियानका नेता लार्स थोर्सनले इस्लाम विरोधी भाषण गरेका थिए। प्रदर्शनकारीले इस्लामविरोधी नारा लगउनुका साथै गीतसमेत गाएका थिए।

सियानको विरोध प्रदर्शनसँग तिनका विरोधी पनि सोही स्थानमा जम्मा हुन थालेका थिए। तत्कालै प्रहरी पुगेकाले ठूलो हिंसा हुनबाट जोगिएको थियो। सियानका कार्यकर्ता इस्लाम समर्थकलाई देखेपछि थप आक्रामक बनेका थिए।

केहीबेरमै इस्लाम समर्थकले प्रहरीले लगाएको बार फोडर सियानका कार्यकर्तासँग भीडन्त गरेका थिए। दुवै पक्षबीच मारपिट चलेको थियो। प्रहरीले बल प्रयोग गरेर दुवै पक्षका कार्यकर्तालाई तितरवितर पारिदिएको थियो। प्रहरीले केही व्यक्तिलाई हिरासतमा लिएको बताइएको छ।

यसअघि शुक्रबार राति स्वेडेनमा दक्षिणपन्थी कार्यकर्ताविरुद्ध सडकमा सयौं मानिस उत्रिएका थिए। दक्षिणपन्थीले कुरान जलाइदिएपछि रिसाएका मानिसले आक्रामक विरोध प्रदर्शन गरेका थिए। सडकमा टायर जलाइएको छ। प्रहरीमाथि करिब ३०० जनाले ढुंगा प्रहार गरेका थिए।

दक्षिणपन्थी विचारका एकजनालाई प्रहरीले पक्रेपछि उनका समर्थकले कुरान जलाएका थिए। त्यसपछि अवस्था थप खराब भएको थियो। –एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार