काठमाण्डाैंः भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका सिनियर इन्जिनियर मनिषकुमार अर्याल घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको अवैध रकमसहित अर्याललाई आईतबार नियन्त्रणमा लिएको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख समेत रहेका इन्जिनियर अर्याललाई अख्तियारको टोलीले बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट आईतबार पक्राउ गरेको थियो ।
अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले युगखबरलाई जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया