श्रावण १९, २०८३ मंगलबार August 4, 2026

विश्व भ्रातृत्व दिवसमा रक्तदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १० भदौः राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भ्रातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा ५० युनिट रगत सङ्कलन भएको क्षेत्रीय कार्यालयका प्रमुख ब्रह्माकुमारी सावित्री बरालले जानकारी दिनुभयो ।

बागलुङ बजारस्थित ओम शान्ति भवनमा आयोजित रक्तदान कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश नातिकाजी लामिछाने, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

‘विश्व एकता र भ्रातृत्वका लागि रक्तदान’ भन्ने आदर्श वाक्यसहित नेपाल, भारतसहितका मुलुकमा विशाल रक्तदान शिविरको आयोजना भइरेहको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङका प्रमुख बरालले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया