श्रावण ११, २०८३ सोमबार July 27, 2026

नायिका रेखा थापा, “तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव हो”

धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १० भदौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छिन्।

उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ। “तीजलाई म नारी दिवस वा नारी सम्मेलनकै रूपमा पनि हेर्छु, जहाँ दिदीबहिनीहरू एउटै ठाउँमा भेला भएर नाचगानमार्फत मनभित्रको पीडा र नकारात्मकतालाई जरैबाट उखेल्ने अवसर पाउँछन्,” थापाले बताइन्।

तीजको मौलिक मूल्य, संस्कृति र संस्कारको संरक्षणमा जोड दिँदै उनले भड्किलो खर्चभन्दा यसको सकारात्मक पक्षसँग नजिक भएर भव्य तर सादगीपूर्ण ढंगले मनाउन सबैलाई आग्रह गरेकी छिन्। विदेशमा रहेका नेपाली महिलालाई समेत लक्षित गर्दै उनले हरितालिका तीजको शुभकामना दिएकी छिन्।

थापाले  ‘हिरो’ चलचित्रमार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। पहिलो चलचित्रबाटै दर्शकमाझ पहिचान बनाउन सफल उनी त्यसयता कसले चोर्यो मेरो मन, हिफाजत, काली, हिम्मतवाली लगायत दर्जनौँ हिट चलचित्रमा अभिनय गर्दै नेपाली सिनेमाको लोकप्रिय अनुहार बन्न सफल भएकी छिन्।

ग्ल्यामर र स्टारडमले चर्चामा ल्याएकी थापा पछिल्ला वर्षमा सामाजिक अभियन्ता र राजनीतिमा समेत सक्रिय छिन्। महिला अधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानका विषयमा मुखर अभिव्यक्ति दिने उनी नेपाली फिल्म क्षेत्रकी सर्वाधिक प्रभावशाली महिला कलाकारमध्ये एक मानिन्छिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार