काठमाण्डाैंः सिन्धुलीकौ एक सामुदायिक विद्यालयका शिक्षकलाई सोही विद्यालयमा अध्ययनरत केही विद्यार्थीले कुटपिट गरेका छन् । जिल्लाको सुनकोसी गाउँपालिका–७ मझुवास्थित गणेश माविका प्रधानाध्यापक र एक शिक्षकमाथि एसइईमा कम नम्बर दिएको निहुँमा आइतबार दिउँसो कुटपिट भएको हो ।
विद्यार्थीले विद्यालयमै गएर शिक्षकमाथि निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ । प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी विषय पढाउने शिक्षक चित्रबहादुर भण्डारीमाथि विद्यार्थीले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्। कुटपिटमा संलग्न विद्यार्थी फरार छन् । उनीहरुको खोजी भइरहेको बताइएको छ ।
नौ जनाको समूहमा आएका विद्यार्थीमध्ये तीन जनाले शिक्षकद्वयमाथि कुटपिट गरेका बताइएको छ । विद्यार्थीको कुटपिटबाट प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीको नाक, मुखसहित शरीरका विभिन्न अंगमा चोट लागेको छ । कुटपिटबाट घाइते शिक्षकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
यस वर्षको एसइईमा गणेश माविबाट छात्रछात्रा गरी ६० जना सहभागी थिए । उननीहरुमध्ये नौ जनाको रिजल्ट ‘सी’ आएको विद्यालय प्रशासनले जनाएको छ । यस वर्ष विद्यालयले पठाएको नम्बरर्क आधारमा परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको ग्रेड निर्धारण गरेको थियो ।
रिजल्ट ‘सी’ आएका विद्यार्थीले शिक्षकलाई कुटेका हुन् । नतिजा सी आए पनि विज्ञान विषयबाहेक अन्य विषय पढ्न पाइने भन्दा भन्दै कुरै नसुनी विद्यार्थीले आफूहरुमाथि कुटपिट गरेका पीडित शिक्षकहरुले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया