श्रावण १९, २०८३ मंगलबार August 4, 2026

पर्सामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

समयमै उपचार गराएमा बिरामीलाई अपाङ्ग र मृत्यु हुनबाटसमेत जोगाउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वीरगञ्ज (पर्सा), १२ भदौः पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् । वीरगञ्ज महानगर र ठोरी गाउँपालिकामा पोथी लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसका एक–एक बिरामीमा भेटिएका हुन् ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले भन्नुभयो, “पोथी लामखुट्टेले पशुपक्षी घोडा, सुँगुर, बङ्गुर, हाँस आदिलाई टोकेर मानिसलाई टोक्यो भने मानिसमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण देखापर्छ ।” यो रोगको जिवाणुले मानिसको मस्तिष्कमा असर पु¥याउँछ । यो रोगको लक्षण देखापर्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगी उपचार गराउनुपर्ने हुन्छ ।
जनस्वास्थ्य अधिकृत ठाकुरले समयमै उपचार गराएमा बिरामीलाई अपाङ्ग र मृत्यु हुनबाटसमेत जोगाउन सकिने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया