काठमाण्डौंः भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा सोमबार निधन भएको हो ।
सोमबार अस्पतालले उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको बताएका थिए । साँझ उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेको ट्वीटमा भनेका छन्, गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।
सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनी सन् २०१९ सालमा भारत रत्नले सम्मानित भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया