भाद्र २६, २०८३ शुक्रबार September 11, 2026

नरसिंहा अबतार बन्यो सबैभन्दा बढी कमाउने एनिमिटेड फिल्म, पुष्पाकाे रेकर्ड ताेडन सक्ने

यो फिल्म भारतको बक्स अफिसमा अझै कति दिन चल्छ त्यो भने हेर्न बाँकी छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हैदाराबाद, १४ भदौं । अहिले साउथको एनिमेटेड फिल्म महावतार नरसिंहा रिलिज भएको १ महिना बितिसकेको छ तर पनि बक्स अफिसमा उसले चमात्कार गर्न भने अझै छाडेको छैन । यो आफैमा फिल्मको लागि ठूलो सफलता हो। फिल्मको कमाईको पछिल्लो तथ्यांक आएको छ ।

सुरूवाती चरण भन्दा अहिले यसको बक्स अफिस कलेक्शनमा कमी आएको भए पनि यो ३५ दिनमा फिल्मको लागि सबैभन्दा सकारात्मक कुरा यो हो कि यो फिल्मले कुनै पनि दिन १ करोड भन्दा कम कलेक्सनमा झर्नु परेको छैन । खासमा अहिले पनि यो फिल्मले दैनिक १ करोडभन्दा बढी कमाइ गरि नै रहेको छ । आउनुहोस्, फिल्मले ३५ दिनमा कति कमाइ गर्‍यो र आगामी दिनमा पनि यस्तै रह्यो भने यो चलचित्रले अरु कुन फिल्मको रेकर्ड तोड्न सक्छ ।

महावतार नरसिम्हाको भारतीय बक्स अफिस कलेक्शनलाई हेर्ने हो भने फिल्मले ३५ दिनमा भारतमा २३८.२५ करोड कमाएको छ । ३५ औँ दिनमा फिल्मले १.१५ करोड कमाएको छ, जुन अहिलेसम्मकै सबैभन्दा कम कलेक्शन हो । फिल्मको कुल कलेक्सन २८२.१५ करोड भारु भएको छ । यो फिल्म भारतको बक्स अफिसमा अझै कति दिन चल्छ त्यो भने हेर्न बाँकी छ ।

महावतार नरसिंहाको विश्वव्यापी कलेक्शनको कुरा गर्दा फिल्मले ३४ दिनमा कुल ३०८.२५ करोड कलेक्सन गरेको छ । फिल्मको ओभरसिज कलेक्सन २६.१० करोड रहेको छ । भारतको ३५ औं दिनको कलेक्सनलाई समावेश गर्ने हो भने फिल्मले अहिलेसम्म ३०९.४० करोड कमाइसकेको छ ।

फिल्मको कलेक्सन केही समयमै ३०० करोड नाघेको मात्र होइन, अब पुष्पा पार्टः १ र तानाजीको कलेक्शनलाई चुनौती दिन तयार देखिन्छ । यदि फिल्मले आगामी दुई साताको अन्त्यमा चमत्कार गर्छ र साताको दिनमा पनि यही आफ्नो प्रवाह कायम राख्छ भने यो फिल्मसँग अल्लु अर्जुनको पुष्पाः १ र अजय देवगनको तानाजीको रेकर्ड तोड्ने सुनौलो अवसर छ। र, याे सबैभन्दा बढी कमाउने भारतीय एनिमेटेड फिल्मकाे रेकर्ड बनाउन सफल भइसकेकाे छ ।

रिपोर्टमा विश्वास गर्ने हो भने सन् २०२१ मा रिलिज भएको पुष्पाको विश्वव्यापी कलेक्सन ३६० करोड रहेको छ भने तानाजीको कलेक्सन ३५८ करोड रुपैयाँ रहेको छ । महावतार नरसिम्हाले विदेशी कमाईसहित आगामी समयमा ५५ करोड रुपैयाँसम्म कमाउने हो भने यो फिल्मले अल्लु अर्जुनको पुष्पा र अजयको सबैभन्दा ठूलो फिल्म तानाजीलाई पछाडि छोड्न सक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया