श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चीनले निजामती अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा स्तरोन्नति गर्ने

सरकारी अस्पतालमध्ये यस अस्पतालले मात्र सङ्क्रामक रोगको अनुवांशिक अध्ययन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ भदौः चीन सरकारले निजामती कर्मचारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । एक हप्तासम्म चिनियाँ सरकारको प्रतिनिधिमण्डलले दुई हप्तासम्म अस्पतालमा बसी सम्भाव्य अध्ययन गरेर अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा स्तरोन्नति गर्ने भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले चीन सरकारले अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा ‘तेस्रो फेज’का लागि थप दुई सय शय्या बनाउने जानकारी दिनुभयो । यसअघि चीन सरकारले अस्पतालको ‘पहिलो फेज’ अन्तर्गत १३२ शय्या र ‘दोस्रो फेज’ अन्तर्गत ३०० शय्या बनाएको थियो ।

उहाँका अनुसार चीन सरकारकोे नेपालमा भवन निर्माण परियोजना हेर्ने टोलीले सम्भाव्य अध्ययन गरी भर्खरै फर्किएका छन् । “नेपाल र चीन सरकारबीच कर्मचारी अस्पताललाई स्तरोन्नति गर्ने सम्झौता भइसकेको छ । अहिले चिनियाँ टोली सम्भाव्यता अध्ययन गर्न आएको थियो । अध्ययनमा चिनियाँ टोलीले अस्पताल विस्तार गर्न आवश्यक छ भनेर प्रतिवेदन बनाइसकेको छ,” उहाँले भन्नुभयो, “चीन सरकारले नै निजामती अस्पतालाई विशिष्टीकृत सेवासहितको अस्पताल र शैक्षिक कार्यक्रमको पनि बढाउनुपर्दछ भनेर नै स्तरोन्नति गर्न थालेको हो ।”

उहाँले चिनियाँ टोलीले चीनमा गएर प्रतिवेदन बुझाएलगत्तै भवन निर्माणको काम अगाडि बढ्ने बताउनुभयो । “अस्पताल खुला ठाउँमा व्यवस्थित र उपचार सेवा राम्रो भएकाले चीन सरकारले अस्पतालको स्तरोन्नति गरिदिने भएको छ,” उहाँले भन्नुभयो, “नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार नै अबको एक वर्षभित्र निर्माणको काम सुरु हुन्छ । स्टेट अफ आर्ट बिल्डिङ बन्ने छ ।”

दुई सय शय्याको अत्याधुनिक भवन अहिले अस्पताल प्रशासनको रहेको भवन भत्काएर बन्ने छ । नयाँ अत्याधुनिक भवन बनेपछि ५०० शय्याको अस्पताल बन्ने छ । सरकारले अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । अस्पताललाई सुरुदेखि नै चीन सरकारले निर्माण गर्दै आइरहेको छ ।

नयाँ अत्याधुनिक भवनमा एमआरआई, नयाँ सिटीस्क्यान खरिद राखिनाका साथै उच्च प्रविधि जडान गरिने कार्यकारी निर्देशक डा रेग्मीले जानकारी दिनुभयो ।

अस्पतालमा अहिले ४०० जना बहिरङ्ग सेवाको क्षमता भए पनि एक हजार जना बिरामीको उपचार गर्न आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा मुटु, क्यान्सरजस्ता रोगको विशिष्टीकृत विशेषज्ञद्वारा उपचार गरिन्छ ।

अस्पतालमा मुटुको उपचारका लागि ‘क्याथल्याब’को सेवा सुरु तयारी गरेको उहाँले बताउनुभयो । यो वर्षभरिमा क्याथल्याब स्थापना गरेर आगामी वैशाखदेखि क्याथल्याब सञ्चालन गर्ने बताउनुभयो । “प्रेसर भएर मुटुमा असर परेका, मुटुको भल्ब बन्द भएको बेला ‘क्याथल्याब’ सेवाबाट उपचार गरिन्छ, धेरै मुटुका बिरामीलाई क्याथल्याबबाट उपचार गरिन्छ । क्याथल्याबबाट नहुनेलाई शल्यक्रियाबाट उपचार गरिन्छ,” उहाँले भन्नुभयो ।

यसैगरी, कार्यकारी निर्देशक डा रेग्मीले क्यान्सरको सेवालाई ‘ब्राकीथेरापी’ सेवा पनि सुरु गर्ने तयारी गरेको छ । “रेडिसनको उपकरण शरीरमा नै राखेर विकिरणद्वारा क्यान्सरको उपचार गर्ने प्रविधि हो,” उहाँले भन्नुभयो, “यसले क्यान्सर उपचारमा राम्रो छ ।”

कार्यकारी निर्देशक डा रेग्मीले अस्पताललाई ‘पूर्ण डिजिटिलाइजेसन’मा लैजानका लागि यस वर्ष आधार तयार गर्ने र अर्को वर्ष कार्यान्वयनमा लैजान जानकारी दिनुभयो । “बिरामीको प्रयोगशाला रिपोर्ट बोकेर हिँड्नुपर्ने अन्त्य गर्ने गरिरहेका छौँ । बिरामीको मोबाइलमा रिपोर्टको जानकारी आउने छ,” उहाँले भन्नुभयो, “त्यसपछि बिरामी चिकित्सक जाने र चिकित्सकले आफ्नो कम्युटरमा आफैँ हेर्नेछन् ।”

यसैगरी, अस्पतालले महिलाको आङ खस्ने र महिलाको पिसाब चुहिने समस्याको उपचारका लागि राष्ट्रिय केन्द्र (रेफरल अस्पताल)का रूपमा विकास गर्ने थालिएको उहाँको भनाइ छ । “जनशक्ति तालिम दिएर र प्रविधिबाट उपचार गर्ने ती महिलाका समस्याको उपचार निःशुल्क गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो ।

सरकारी अस्पतालमध्ये यस अस्पतालले मात्र सङ्क्रामक रोगको अनुवांशिक अध्ययन हुने गरेको उहाँले बताउनुभयो ।

यस्तै, अस्पतालले प्रतिष्ठान बनाउने तयारी गरेको छ । अहिले प्रतिष्ठान नभएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सम्बन्धन लिएर चिकित्साका कक्षा सञ्चालन गरिरहेको छ । अस्पतालमा अहिले दैनिक एक हजार बिरामी उपचारका लागि आउने गर्दछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार