असार २१, २०८२ शनिबार July 5, 2025

जरिवाना तिर्न नसक्दा युएई एयरपोर्टमै अड्किए १७ नेपाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भिसा समय अवधि सकिएका १७ जना नेपाली जरिवाना तिर्न नसकेर उतै अड्किएका छन् । नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल आउन लागेका नेपाली भिसा सकिए पछिको जरिवाना तिर्न नसकेर एयरपोर्टमै अड्किएका हुन्।

कोरोना भाइरस९कोभिड १९० सक्रमणबाट रोजगारी गुमाएर फर्किन बाध्य भएका १७ जना कामदारलाई त्यहाँको अध्यागमनले रोकेपछि हैरानीमा परेका छन्। कोभिडपछि भिसा सकिएकालाई जरिवाना नलगाउन सरकारले आग्रह गरे पनि पछिल्लो समयमा भिसा सकिएकालाई युएईले जरिवाना लगाएको हो।

भिसा ससिकएका कतिपयको एक हजार सातदेखि एक हजार आठ सय दिरामसम्म जरिवाना तिर्नुपर्ने देखिएको बुझिएको छ। थोरै जरिवाना तिर्नुपरेका कामदारले जरिवाना तिरेर स्वदेश फर्किएका छन्।

नेपाल एयरलाईन्सका प्रवक्ता अर्चना खड्काले धेरै नेपालीले जरिवाना तिर्नुपर्ने देखिएपछि जहाज उडान समयभन्दा चार घण्टा ढिलो भएको बताइन्। ‘जरिवाना तिर्नुपर्नेबारे यात्रुहरुलाई पनि थाहा हुँदैन’, उनले भनिन्,‘मुलुक छोड्दा मात्रै जरिवाना तिर्न धेरै देखिएपछि १७ जनालाई त्यहीं छोडेर जहाज नेपाल आएको हो।’

उनका अनुसार अरु भिसा सकिएकाले जरिवाना तिरेर स्वदेश आएको बताइन्। १७ जनाको जरिवाना धेरै भएकाले ल्याउन नसकिएको उनको भनाइ छ। आरए ९२२९२० बाट सोमबार दुबईबाट दुई सय ५८ जना नेपाली स्वदेश फर्किएको एयरलाइन्सले जनाएको छ। कोरोनाका कारण स्वदेश आउन नपाएका नेपाली भिसा सकिएको जरिवाना तिर्नु पर्दा थप तनावमा परेका छन्।

एयरलान्सकी प्रवक्ता खड्काले नियमानुसार केही शुल्क काटेर आउन नपाएका १७ जनाको टिकटको पैसा फिर्ता गर्ने बताइन्। यो खबर अन्नपुर्ण पोस्टले छापेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार