श्रावण १९, २०८३ मंगलबार August 4, 2026

बागलुङका किसानले गराए ७०५ पशुको बीमा

चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ) । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बीमा गरिएको छ ।

जिल्ला सहकारी संघमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको संघ अध्यक्ष दीपक गौतमले जानकारी दिए।

कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा रु चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत रु १९ लाख ३८ हजार गरी जम्मा रु २४ लाख २२ हजार ५०० पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार संकलन भएको उनले बताए।

संघले २४ वर्षदेखि १५ दुग्ध संकलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया