बैसाख ५, २०८३ शनिबार April 18, 2026

राप्रपामा कुनै गुटउपगुटको समस्या छैनः अध्यक्ष लिङ्देन

राप्रपा एकताबद्ध रूपमा अघि बढेकाले कुनै समस्या नरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ, २० भदौः राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पार्टीमा गुटउपगुट हुँदा समस्या देखिएको भन्दै राप्रपामा गुटउपगुटको समस्या नभएको बताउनुभएको छ ।

बेँसीसहर नगरपालिका–७ मा आज आयोजित राप्रपा लमजुङको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले राप्रपा एकताबद्ध रूपमा अघि बढेकाले कुनै समस्या नरहेको धारणा राख्नुभयो ।

देश र जनताका लागि सङ्घर्ष गर्दै आएको पार्टी भएकाले एकता र समन्वयमार्फत जनहितलाई केन्द्रमा राखेर राप्रपाले काम गर्ने अध्यक्ष लिङ्देनले उल्लेख गर्नुभयो । प्रत्यक्ष जनताले चुनेर कार्यकारिणी प्रधानमन्त्री हुनुपर्ने माग आफ्नो पार्टीको रहेकामा उहाँले जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया