काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले सचिवालयको बैठक आह्वान गरेको छ। सभापति रवि लामिछानेको निर्देशनमा भोलि बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उनका अनुसार बैठक दिउँसो १२ः३० बजे घन्टीघरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। सचिवालयका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ, जसले बैठकलाई महत्वका साथ हेरिएको संकेत गर्छ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, विशेषगरी सरकारले अघि बढाएको अध्यादेश र सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषयमा केन्द्रित छलफल हुने बताइएको छ। यी विषयमा सार्वजनिक रूपमा चर्को आलोचना भइरहेका बेला पार्टीले आफ्नो आधिकारिक धारणा तय गर्न बैठक डाकेको हो।
रास्वपाले सरकारको निर्णयप्रति आफ्नो रणनीति, आगामी कदम र राजनीतिक धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ। यस बैठकले समसामयिक मुद्दामा पार्टीको भूमिकालाई थप प्रस्ट पार्ने विश्वास गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया