श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सामाजिक सञ्जाल खोल्न कांग्रेसको आग्रह, क्षतिप्रति गहिरो दुःख व्यक्त

घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था तत्काल सुनिश्चित गर्न सरकारलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ २३ गते । नेपाली कांग्रेसले संस्थागत निर्णयमार्फत सामाजिक सञ्जाल खोल्न सरकारसँग आग्रह गरेको छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो आग्रह गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मुख्य सचिव पौडेलका अनुसार बैठकले सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको र सयौं घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । बैठकले निधन भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

त्यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था तत्काल सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको जानकारी पनि पौडेलले दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार