मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कोरोना कहरः आज एकैदिन ११ को ज्यान गयो – मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्व महामारी कोभिड-१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले ४ बर्षिया बालिका सहित ११ जनाको मृत्यु भएको जानकारि दिए ।

मृत्यु हुनेहरुमा महोत्तरीका ३७ बर्षिय, सिराहाका ६५ बर्षिय पर्सा ५३,८०, ६० बर्षिय ३ जना, बाराका ६० बर्षिय, चितवनका ५२ बर्षिय, काठमाडौंका ७० र ३५ बर्षिय २ जना र मकवानपुरका ५८ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । यो संख्या संक्रमितको ० दशमलव ५९ प्रतिशत हो । पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको दर बढ्दो क्रममा रहेको प्रवक्ता गौतमले बताए ।

देशभर आज १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न प्रयोगशालामा १२ हजार ८८ जनाको पीसीआर परिक्षण गर्दा परीक्षण गर्दा देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप ७६८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २२ हजार १७८ पुगेको छ । यो संख्या कुल संक्रमितको ५५ प्रतिशत हो । आज देशभर ७ हजार ३९० जना क्वारेन्टाइनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार