असोज ११, २०८३ आइतबार September 27, 2026

सीसीएलमा टी-ट्वान्टी क्रिकेटमा जमैकाको चौथो हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा जमैका तलाबाजले चौथो हार व्यहोरेको छ । गएराति भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो ।

ब्रायन लारा स्टेडियममा नाइट राइडर्सले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सकेको थियो । जमैकाका आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।

जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र फिडेल एडवार्डले एक एक विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका हुन् । योसँगै सन्दीपले ७ खेलमा १० विकेट लिन सफल भएका छन् । जमैकालाई हराएसँगै नाइट राइडर्सले लगातार सातौं खेलमा जित निकालेको छ ।

शीर्ष स्थानमा रहेको नाइट राइडर्सले ७ खेलमा १४ अंक जोडेको छ । जमैका ७ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया