श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त

समितिले प्रतिवेदन पेश गरेपछि अस्पताल प्रशासनले आइतबारदेखि कारवाही लागू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ, भदौ ३१ । कोशी अस्पताल विराटनगरले स्वास्थ्य बिमा रकम दुरुपयोग गरेको आरोपमा फार्मेसीमा कार्यरत दुई र स्वास्थ्य बिमा शाखामा कार्यरत एकजना गरी तीन कर्मचारीलाई बर्खास्त गरेको छ। उनीहरू अस्पताल विकास समिति अन्तर्गत करारमा कार्यरत थिए।

छानबिन समितिले सेवाग्राहीको बिमा कार्ड प्रयोग गरेर औषधि हिनामिना गरी अनियमितता गरेको प्रमाण फेला पारेपछि प्रशासनले कारवाही गरेको हो। बिरामीको नाममा नलिएको औषधिको रकम काटिएको र केही बिलहरूमा अत्यधिक रकम दुरुपयोग भएको उजुरीपछि छानबिन अघि बढाइएको थियो।

फार्मेसी सहायक शिशिर साहु, फार्मेसी सहायक निरीक्षक सन्ध्या यादव र कार्यालय सहयोगी सुमित कामतलाई बर्खास्त गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रूना झाले जानकारी दिइन्। समितिले प्रतिवेदन पेश गरेपछि अस्पताल प्रशासनले आइतबारदेखि कारवाही लागू गरेको हो।

अस्पताल प्रशासनले यो घटनामा अझै ठूलो अनियमितता हुनसक्ने भन्दै विस्तृत छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहयोग लिने तयारी गरेको छ। यस घटनाले कोशी अस्पतालको व्यवस्थापनमाथि मात्र नभई प्रदेशभरका सेवा प्रदायक संस्थाहरूको पारदर्शितामाथि पनि प्रश्न उठाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया