श्रावण १९, २०८३ मंगलबार August 4, 2026

जापानिज इन्सेफ्लाइटिस र डेङ्गुबाट दुई जनाको मृत्यु

जिल्लाका सबै पालिकालाई पत्राचार गरी सचेतनामूलक अभियान चलाउन स्वास्थ्य कार्यालयको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भैरहवा, असोज २ गते । रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) र डेङ्गु दुवै रोगको सङ्क्रमण एकैसाथ बढ्दै गएको छ । यी रोगका कारण हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ  । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसका १० जना र डेङ्गुका १८४ जना सङ्क्रमित भेटिएका छन् ।

सङ्क्रमितमध्ये जापानिज इन्सेफ्लाइटिसका तीन जना रुपन्देही बाहिरका भए पनि डेङ्गुका सङ्क्रमितमध्ये ११६ जना रुपन्देहीका स्थायी बासिन्दा हुन् । अन्य सङ्क्रमित भने उपचारका लागि रुपन्देही आएका बाहिरी जिल्लाका हुन् ।

स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको छ भने डेङ्गुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको क्रिमसन अस्पताल मणिग्राममा उपचारकै क्रममा निधन भएको हो ।

शाहले रुपन्देहीमा दुवै रोगको सङ्क्रमण बढ्दो अवस्थामा पुगेको बताउँदै जापानिज इन्सेफ्लाइटिस दुईभन्दा बढीमा देखिएपछि नै महामारी मानिने प्रावधान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रुपन्देहीमा जापानिज इन्सेफ्लाइटिसको एक जना पनि सङ्क्रमित थिएनन् ।

जिल्लाका सात पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छन् । तिलोत्तमा नगरपालिका–२, ४ र ५, देवदहका वडा नम्बर १ र ५, मायादेवीको ५ र सैनामैनाको ३ नम्बर वडाका बासिन्दामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै डेङ्गु सङ्क्रमण रुपन्देहीका अधिकांश पालिकामा फैलिएको छ । कोटहीमाई र सम्मरीमाई गाउँपालिकाबाहेक सबै पालिका प्रभावित छन् । सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ३५ जना र तिलोत्तमा नगरपालिकामा २६ जना सङ्क्रमित भेटिएका छन् ।

सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई पत्राचार गरी सचेतनामूलक अभियान चलाउन निर्देशन दिएको छ । विज्ञका अनुसार लामखुट्टे नियन्त्रण, सरसफाइ, पानी जम्न नदिने र सामुदायिक जागरुकता नै दुवै रोग नियन्त्रणको प्रमुख उपाय हुन् । स्वास्थ्यकर्मीले अहिलेको अवस्थालाई ‘चिन्ताजनक’ भन्दै सरोकारवाला निकाय र समुदायलाई सक्रिय हुन आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार