श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कटारी (उदयपुर), २ असोजः कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपिडी) सेवा निःशुल्क दिने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिनुभएको हो । “ओपिडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन्, सेवाग्राहीले तिनुपर्ने रकमको सोधभर्ना कटारी नगरपालिकाले दिने भएको छ”, सूचनामा उल्लेख छ ।

योसँगै अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने भएका छन् । “यसमा २० प्रतिशत जति बीमित पनि पर्छन्”, प्रमुख साहले भन्नुभयो । नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रस्तावमा समितिले नगरपालिकाले सोधभर्ना गर्नेगरी सेवा निःशुल्क गरेको हो ।

चालु आर्थिक वर्षदेखि कटारी अस्पताल केन्द्र सरकारको निर्णयमा प्रादेशिक अस्पताल बनेको हो । प्रादेशिक अस्पताल बन्नुअघि यो नगरकै जिम्मामा थियो । प्रादेशिक तहमा स्तरोन्नति भएसँगै अब विभिन्न विशेषज्ञ उपचार सेवा समेत दिने तयारीमा अस्पताल रहेको छ । अस्पतालले बहिरङ्ग सेवाका लागि प्रतिबिरामी रु २० लिँदै आएको थियो ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार