बागमती, असोज २ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित विभिन्न स्थानीय तहमा किसानले पालेका पशुमा फैलिएको खुरपुुंग्रो (फुट एन्ड माउथ) रोग नियन्त्रणमा आएको छ।
पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोप अभियान सञ्चालन गरेपछि रोग नियन्त्रणमा आएको कार्यालयका प्रमुख डा. बृजकिशोर ठाकुरले जानकारी दिनुभयो। “खोप अभियानपछि रोग नियन्त्रणमा आएको हो,” उहाँले भन्नुभयो।
जिल्लाका १० वटै नगरपालिका लक्षित गरी खोप अभियान सञ्चालन गरिएको डा. ठाकुरले बताउनुभयो।
पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा. विजय पौडेलका अनुसार हालसम्म २ हजार ३३९ पशुमा रोग संक्रमण देखिएको र १०१ वटा पशुको मृत्यु भएको छ। यो रोग जिल्लाका १० मध्ये ९ वटामा फैलिएको छ। (रासस)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया