श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गोरखामा स्क्रब टाइफसको सङ्क्रमण तीव्र रूपमा बढ्दै

स्वास्थ्य परीक्षण गराउन आउनेमध्ये दैनिक २ देखि ५ जनामा स्क्रब टाइफसको सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । गोरखा  जिल्लामा स्क्रब टाइफसको सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको छ। गोरखा अस्पताल, आँपपिपल अस्पतालसहित जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा साउनयता परीक्षण गराउन आएका १३९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ।

गोरखा अस्पतालका अनुसार साउन र भदौ महिनामा मात्रै ५९ जनामा स्क्रब टाइफस देखिएको छ। साउनमा २० जना र भदौ महिनामा हालसम्म ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै अन्य स्वास्थ्य संस्थामा साउनमा २९ जनामा देखिएको सङ्क्रमण भदौसम्म बढेर ८० पुगेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो।

गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउनेमध्ये दैनिक २ देखि ५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिने गरेको अस्पतालका डा. विजय शर्माले बताउनुभयो। उहाँका अनुसार बर्खाको समय भएकाले स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको हो। हाल अस्पतालमा भर्ना भएका बिरामीमध्ये करिब ५० प्रतिशत स्क्रब टाइफसका बिरामी रहेको डा. शर्माले जानकारी दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार