श्रावण १९, २०८३ मंगलबार August 4, 2026

लहान मुटु अस्पतालद्वारा सेवा विस्तार

अस्पताललाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रकै स्वरुपमा कार्डियो–डायबेटिक सेन्टरका रूपमा विस्तार गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहान । लहान मुटु अस्पतालले सेवा विस्तार गर्दै अत्याधुनिक परीक्षण सेवा सुरु गरेको छ। लहान नगरपालिका–४ स्थित चम्पापुरमा निर्माणाधीन यो अस्पतालले हालै मुटुरोग जाँच सम्बन्धित ‘इकोकार्डियोग्राफी’, ‘ट्रेडमिल टेस्ट’ र ‘होल्टर मोनिटर टेस्ट’ सेवा सञ्चालनमा ल्याएको छ।

त्यस्तै, शुक्रबारदेखि औपचारिक रूपमा २५ श्ययाको सेवा पनि सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहले जानकारी दिए।

महिनाअघि सुरु भएको ओपिडी सेवामार्फत हालसम्म तीन हजारभन्दा बढी बिरामीले सेवा लिइसकेका छन्। अत्याधुनिक प्रयोगशालासहित न्यूनतम शुल्कमा सेवा दिइरहेको अस्पताल नाफामुखी नभई सेवा–केन्द्रित मोडेलमा सञ्चालन भइरहेको जनाइएको छ।

अहिले अस्पतालले लहान नगरपालिकाद्वारा उपलब्ध ११ बिघा सार्वजनिक जग्गामा दुई भवनमार्फत सेवा दिइरहेको छ। डा साहका अनुसार, भविष्यमा ५०० श्ययाको पूर्ण अस्पताल बनाउने योजना रहेको छ, जसको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ।

अस्पताल प्रशासनले एक वर्षभित्र सघन उपचार कक्ष (आइसियु) र सिटिस्क्यान सेवा सुरु गर्ने तयारी गरिरहेको छ। साथै, अस्पताललाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रकै स्वरुपमा कार्डियो–डायबेटिक सेन्टरका रूपमा विस्तार गरिँदैछ।

नेपाल हृदय रोग निवारण सङ्घअन्तर्गत सञ्चालनमा आएको यो अस्पताल डा बालकृष्ण ओग्र्यानको पहलमा स्थापना भएको हो। जर्मनीस्थित ‘नेपाल मेड ई भि’ र’ रोटरी क्लब कटबस’ संस्थाबाट करिब रु दुई अर्ब बराबरको सहयोगमा अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको छ।

गुणस्तरीय सेवा दिइँदै आए पनि प्रचारप्रसार, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीले बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार